५ आश्विन २०८१, शनिबार

कोभिड १९ बिरुद्ध खोपको बौद्धिक सम्पति अनुमतिबारे भारतलाई समर्थन

प्रकाशित मिति :  28 June, 2021 9:22 am


नयाँ दिल्ली । कोभिड १९ बिरुद्ध खोपको बौद्धिक सम्पति प्रयोग अनुमतिको बिषयमा भारतले समर्थन पायको छ ।

जी सेभेन सम्मेलनमा कोभिड १९ बिरुद्ध खोपको बैद्धिक सम्पति अनुमतिको बिषयमा भारतलाई समर्थन मिलेको हो । सम्मेलनको क्रममा अस्ट्रेलीयाली प्रधानमन्त्री स्कट मोरिसन, संयुक्त राष्ट्रसंघ माहासचिव एन्टोनियो गुटर्स, विश्व व्यापार संगठनकी माहानिर्देशक अंगोजी योकन्जो इवेलाले खोपको बौद्धिस सम्पति प्रयोगको अनुमतिको बिषयमा समर्थन जनाएका हुन् ।

कोरोना भाइरस माहामारीको समयमा भारत र दक्षिण अफ्रिकाले खोपको उत्पादन, वितरणबारे अनुमतिका लागि विश्व व्यापार संगठनमा प्रस्ताब राखेका छन् । बेलायतको कर्नवाल शहरमा भएको जी सेभन सम्मेलनमा प्रधानमन्त्री मोदीले कोभिड १९ माहामारी र खोपको बषय उठाएका थिए । सम्मेलनमा प्रधानमन्त्री मोदीले खोप अनुमतिको प्रस्ताबमा सहयोग गर्न आग्रह गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !