५ आश्विन २०८१, शनिबार

पहिलो पटक तीन आणविक पनडुब्बी निर्माण गर्दै भारतीय नौसेना

प्रकाशित मिति :  28 June, 2021 9:30 am


नयाँ दिल्ली । भारतमा पहिलो पटक तीन आणविक पनडुब्बीको ९५ प्रतिशत मात्रा भारतमा निर्माण गर्ने योजना रहेको छ ।
भारतमा महत्वपूर्ण रक्षा कदमको रुपमा पहिलो पटक तीन आणविक पनडुब्बीहरु ९५ प्रतिशत भारत निर्मित हुन लागेको हो ।

यो बाहेक थप अन्य समान प्रकारका तीन पनडुब्बीहरु अर्को चरणमा निर्माण हुने बताईएको छ । ५० हजार करोड रुपैँया लागतमा तीन आणविक पनडुब्बी निर्माणको प्रस्ताबमाथि भारतमा सुरक्षा सम्बन्धि संसदीय समितिले विचार गरिरहेको बताईएको छ । प्रस्ताब अनुसार बिसाखापट्नममा डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाईजेसनद्धारा आणविक पनडुब्बीहरु निर्माण गरिने बताईएको छ । भारतमा आणविक पनडुब्बी निर्माण क्षमताको हिसाबले यो परियोजना महत्वपूर्ण उपलब्धी हुने बताईएको छ । यो परियोजनाले भारतमा आन्तरिक रक्षा क्षेत्रमा ठुलो उपलब्धी तथा क्षमता विकास गर्ने बिश्लेषण गरिएको छ । कुनै बाह्य सहयोग बिना कूल ६ आणविक पनडुब्बी निर्माण गर्न सक्नेप्रति योजनाकारहरु विश्वस्त रहेका छन् ।

यदि बाह्य सहयोग अपरिहार्य भएको अबस्थामा रणनीतिक साझेदार मुलुकको सहयोग लिने बताएका छन् । यो परियोजनाले रक्षा क्षेत्रमा रोजगार बढाउने र अर्थतन्त्रमा समेत बल पुग्ने बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा शक्तिमा आएपछि पहिलो पटक नौसेनाले रक्षा आधुनिकीकरणका लागि ६ वटा आणविक पनडुब्बीहरु निर्माण गर्ने प्रस्ताब अघि सारेको छ ।



प्रतिक्रिया दिनुहोस !