५ आश्विन २०८१, शनिबार

हङकङको एप्पल डेली पत्रीका बन्द

प्रकाशित मिति :  29 June, 2021 9:31 am


हङकङको एप्पल डेली पत्रीका बन्द भएको छ । चीन सरकारद्वारा क्षेत्राधिकार भन्दा बाहिर गएर बल प्रयोग गरि बन्द गरिएको हो ।

यस पत्रीकाका संस्थापक जिमीलाइ ले एक वर्ष अघि नै न्यु योर्क टाइम्समा लेख लेख्दै आफ्नो गिरफ्तारीको अनुमान गरेका थिए । जसमा उनले विशेष प्रशासनिक क्षेत्र (हङकङको कानुनी नाम) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता लगातार  साघुरीदै गएको बताएका थिए। त्यसमा तिनले बेइजिङ सरकार र त्यस शहरका सरोगेटहरूको बढ्दै गरेको दमनकारी नितिबारे चेतावनी दिएका थिए ।

जिमीलाई र अन्य वरिष्ठ पत्रकार तथा सम्पादकहरूको गिरफ्तारी र दैनिक पत्रीका बन्द हुदा हङकङमा एक युगको अन्त्य मात्र भएन सारा विश्वलाई चिनियाँ नेतृत्वको तागत र महत्वाकांक्षाहरूलाइ  देखाएको छ: जसले आफ्ना आलोचकहरूलाई आवश्यक परेको खण्डमा जुनसुकै बेला कुनै पनि माध्यमद्वारा मौन पार्न सक्ने पनि साबित गरेको छ ।

एप्पल डेलीको स्थापना सन् १९९५ मा हङकङका उद्यमी ‘लाइ’ ले गरेका थिए। उनले फेसन उद्योगबाट पैसा कमाएका थिए। उनको मिडिया प्रतिको  प्रतिबद्धताले कपडा कम्पनीलाई धम्की दिइएको थियो । त्यसकारण उनले ती कम्पनी बेछे अनि पत्रकारिता र राजनैतिक सक्रियतामा पूर्ण समय समर्पित भए ।

यो पत्रीका  एउटा फस्टाउँदो ट्याबलोइड भयो ।  जसले राजनैतिक समाचार र विश्लेषण गर्थ्यो । उक्त पत्रीका विज्ञापनमा रोक,  कर्मचारीहरूमाथि शारीरिक आक्रमण र स्थानीय तथा बेइजिङ सरकारहरूको अटल वैमनस्यताबाट पनि बच्न सफल भएको थियो ।
तथापि, गत वर्ष हङकङको राष्ट्रिय सुरक्षा कानुन पारित हुनु घातक साबित भयो। प्रजातान्त्रिक समर्थक यो पत्रीका सरकारको लागि एउटा निशाना नै थियो। उनले आफै भविष्यवाणी गरेअनुसार गत वर्ष नै लाइ पक्राउ गरिएको थियो । नयाँ कानुनअन्तर्गत पहिलो पटक पक्राउ परेका लाई राष्ट्रिय सुरक्षा ऐन को उल्लंघन गरेको आरोप लगाइएको थियो । यो अपराधले आजीवन कारावासको अधिकतम सजाय भनेको छ । उनलाइ २० महिना को जेल सजाय भयो ।

दुई हप्ताअघि प्रहरीले “राष्ट्रिय सुरक्षा कानूनको संदिग्ध भनी मुद्दाको प्रमाण” जफत गर्न यसको मुख्यालयमा आक्रमण गर्दा एप्पल डेली विरुद्ध दमन चर्कियो। तिनीहरूले यस एप्पल डेलीका सम्पादक र मिडिया समूहका प्रमुख कार्यकारीलाई पनि गिरफ्तार गरे ।

यी दुई जनालाई विदेशी सरकार तथा संस्थाहरूलाइ हङकङ वा चीनमा प्रतिबन्ध लगाउन आह्वान गरेको लेखहरू प्रकाशित गरेको आरोप लगाइएको थियो ।  जुन प्रहरीले “विदेशी देशसँग वा राष्ट्रिय सुरक्षालाई खतरामा पार्न बाह्य तत्त्वहरूसँग संयोजन” भएको तर्क दियो। गत हप्ता एप्पल डेलीका अर्का पत्रकार पनि सोही आरोपमा पक्राउ परेका थिए।

तथापि, पत्रीकाको नेतृत्वलाई ह्रास गर्नु र यसका कर्मचारीहरूलाई धम्की दिनु पर्याप्त थिएन । त्यसैले हङकङका अधिकारीहरूले  उक्त पत्रीकाको बैंक खाता बन्द गर्न र बैंकहरूलाई कम्पनीको लागि वा कम्पनीको सबै व्यवसाय बन्द गर्ने आदेश दिए। अझ धेरै गिरफ्तार हुने धम्की पनि दिइएको थियो  ।

यो एप्पल डेली विरुद्धको लडाइ मात्र होइन। यो सबै सञ्चार माध्यमहरू माथिको आक्रमण हो । जस्तै रेडियो टेलिभिजन हङकङ र सिटी पब्लिक  ब्रोडकास्टरले आफ्नो समाचारहरु  सरकारी लाइनसँग मिल्न सुनिश्चित गर्नको लागि आफ्नो नेतृत्व परिवर्तन गर्न बाध्य भएको छ। यस्तै एक जना पत्रकार प्रहरीको गलत आचरणको जाँच गरेपछि पक्राउ नै परे । विदेशी मिडिया संगठनहरुलाई पनि आफ्ना संवाददाताहरुको लागि भिसा पाउन कठिन भएको छ । सरकारले पत्रकारलाई मान्यता दिने र सुचनाको पहुँचमा रोक लगाउने नियम कडा बनाउने पनि बताएको छ ।

चिनियाँ अधिकारीहरुले राष्ट्रिय सुरक्षा कानुनको प्रयोग गर्दै अहिले हङकङमा स्वतन्त्र सञ्चार माध्यमलाई वाक् स्वतन्त्रता  र अभिव्यक्ति स्वतन्त्रताको  सखाप पारिरहेका  छन्। यद्यपि उनीहरूलाई आधारभूत कानून र १९८५ मा भएको चीन र संयुक्त अधिराज्य (युके) बिच भएको सम्झौताले हङकङको मुख्य भूमि प्रतिको प्रतिगमनको शर्त निर्धारण गरेको थियो।

राष्ट्रिय सुरक्षा कानुनमा दुइटा समस्या छ । पहिलो राष्ट्रिय सुरक्षा व्यवस्थाको भाषा स्पष्ट छैन जसले पत्रकारहरूलाई आफ्नो काम गर्दा रेखाहरू कहाँ छन् भनी अनुमान लगाउन गार्हो छ र दोस्रो, हङकङ सरकारले कुनै पनि आलोचना राष्ट्रिय सुरक्षाको बिरोध हो भन्ने निर्णय गरेको देखिन्छ। चिनियाँ राज्यको लागि सञ्चार माध्यम सरकारको जाँच वा आलोचना गर्ने होइन, बरु राज्यको लागि सुगा बन्नु पर्ने हुन्छ।

राष्ट्रिय सुरक्षा व्यवस्थाको विस्तृत विवरणमा सञ्चार माध्यमहरू जस्तै अरु धेरै कुराहरू समेटिएको छ। जसले कुनै समय चीनको ऊर्जा र निकटताको कारण हङकङमा ओइरिरहेका व्यापारीहरूले पनि त्यस्तै कारणले गर्दा ती छनौटहरू पुनर्विचार गरिरहेका छन्। जथाभावी र छाडा कानुन उल्लंघन गर्ने डर हुँदा त्यहा व्यापार गर्न गाह्रो हुदैछ ।

चुपचाप बस्नु र काम गर्नुको विकल्प छैन। यसबाहेक, राष्ट्रिय सुरक्षा कानुनको भाषाले हङकङको सिमा भन्दा बाहिरको आफ्नो पहुँच पनि विस्तार  गर्छ।

एप्पल डेली हङकङको सबैभन्दा ठूलो स्वतन्त्र मिडिया आउटलेट थियो। ७.४ मिलियन मानिसहरू भएको शहरमा ६,००,००० ग्राहकहरू थिए। तथापि, यसको प्रभाव ती संख्याहरूले संकेत गरेभन्दा धेरै  बढी थियो। यसले हङकङमा प्रजातान्त्रिक समर्थक आन्दोलनको लागि सही जानकारी, स्वतन्त्र विचारधारा र समर्थन प्रदान गरेको थियो। हङकङ सरकारले यसलाई बन्द गर्न बाध्य महसुस गर्नुको कारण पनि यी नै हुन्।



प्रतिक्रिया दिनुहोस !