पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु
प्रकाशित मिति : 29 June, 2021 11:38 am
काठमाडौं । पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले देवारवानामा चट्याङ लागेर ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएको र जिराभवानीमा तीन जना सामान्य घाइते भएको जानकारी दिए ।