१२ मंसिर २०८१, बुधबार

अर्थ मन्त्रालयका सहसचिव मैनाली नेप्सेको अध्यक्षमा नियुक्त

प्रकाशित मिति :  29 June, 2021 3:14 pm


फायल तस्बिर

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सहसचिव मैनाली असार १४ गतेको अर्थ मन्त्रालयको निर्णयअनुसार नेप्सेको संचालक तथा अध्यक्षमा नियुक्त भएका हुन् ।

मैनालीले आज नेप्सेमा पदबहाली गरेका छन्। पदबहालीका क्रममा अध्यक्ष मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए।

‘पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा मैले राखेको छु’, उनले भने ।

नवनियुक्त अध्यक्ष मैनालीलाई नेप्सेका सीईओ चन्द्रसिंह साउद, सञ्चालक तथा नेप्सेका उच्च अधिकारीहरुले स्वागत गरेका थिए।
नेप्सेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले गर्ने गर्छ।



प्रतिक्रिया दिनुहोस !