५ आश्विन २०८१, शनिबार

साउथ चाइना समुद्रको छेउमा  इन्डोनेशिया र अमेरिकाले समुद्री प्रशिक्षण केन्द्र निर्माण गर्दै

प्रकाशित मिति :  30 June, 2021 7:51 am


काठमाडौं ।  इन्डोनेशियाको समुद्री सुरक्षा एजेन्सीका अनुसार इन्डोनेशिया र अमेरिकाले ३.५ मिलियन अमेरिकी डलरको समुद्री प्रशिक्षण केन्द्र निर्माण गर्दैछ । उक्त तालिम केन्द्र रियाउ द्वीपको रणनीतिक क्षेत्र बाटाममा हुने छ ।

एक समारोहमा भर्चुअली भाग लिँदै इन्डोनेसियाका लागि अमेरिकी राजदूत सुङ किमले उक्त क्षेत्रमा सुरक्षा बढाउन दुई देशबीच जारी प्रयासको भागिदार समुद्री केन्द्र हुने बताए।

इण्डोनेशियाको समुद्री सुरक्षा निकाय बाकामलाको बयानअनुसार अमेरिकी राजदुतले भने “इण्डोनेशियाको मित्र र साझेदारका रूपमा संयुक्त राज्य अमेरिकाले घरेलु तथा अन्तरराष्ट्रिय अपराधसँग लडेर क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न इन्डोनेशियाको महत्वपूर्ण भूमिकालाई समर्थन गर्न प्रतिबद्ध रहेको छ।”

यो प्रशिक्षण केन्द्र मलाक्का स्ट्रेट र साउथ चाइना सागरको रणनीतिक बिन्दुमा अवस्थित छ । यो परिक्षण केन्द्र इन्डोनेसियाको समुद्री निकाय बाकामलाद्वारा सञ्चालित हुनेछ र कक्षा कोठा, ब्यारेक र प्रक्षेपण प्याड हुनेछ भनी एजेन्सीले बतायो ।

दक्षिण चीन सागरमा बढ्दो तनावको बीचमा फिलिपिन्सले यस महिनाको मे मा स्प्राटली टापुहरूमा सयौं चिनियाँ जहाजहरूको उपस्थितिको विरोध गर्दा विश्वको सबैभन्दा ठूलो द्वीपसमूहका देशहरु संगै अमेरिकाको सहयोग देखिएको थियो।

यस महिनाको सुरुमा साउथ चाइना समुद्री क्षेत्रमा संयमता देखाउन र तनाव बढाउन सक्ने कार्यहरूबाट बच्न दक्षिणपूर्वी एसिया र चीनका विदेश मन्त्रीहरू एक बैठकको दौडान सहमत भएका थिए ।



प्रतिक्रिया दिनुहोस !