५ आश्विन २०८१, शनिबार

बाटोमा कुखुराको अण्डा बेच्ने विपन्न परिवारका विधार्थीले निजामती सेवा उत्तिर्ण गरी स्थानीयलाइ प्रेरित गर्दै

प्रकाशित मिति :  30 June, 2021 8:00 am


पट्ना भारत । भारतको बिहार राज्यमा विपन्न परिवारका विधार्थीले निजामती सेवा परिक्षा उत्तिर्ण गरी स्थानीय मानिसहरुलाई उत्प्रेरणा मिलेको छ ।

बिहारको अउरन्जबाद जिल्लास्थित विपन्न परिवारका विधार्थीले महत्वकांक्षी निजामती सेवा परिक्षा पास गरेर स्थानीयलाई प्रेरित गरेका छन् । अउरन्जबादका २७ बर्षीय बिरेन्द्र कुमारले बिहार सार्वजनिक सेवा आयोगमा निजामती सेवा परिक्षा पास गरेका हुन । अध्ययनका साथै उनले परिवारको जीविकापार्जनका लागि बाटोमा कुखुराको अण्डा बेच्ने काम गर्दै आएका छन् ।

उनको सफलताले प्रतिबद्धता र लगनशीलताले सफलता हासिल हुने उदाहरण दिएको छ । उनले पहिलो प्रयासमै परिक्षा उत्तिर्ण गरेपछि उनको विपन्न परिवार र बस्तिमा मिडिया तथा मानिसहरु आउने क्रम बढेको छ । उनको सफलतालाई स्थानीय मिडियाहरुले उत्प्रेरणाको रुपमा स्टोरी बनाईरहेका छन् । बिरेन्द्र कुमारको बुबाले जुत्ता सिउने काम गर्दै आएका थिए भने उनको मृत्युपछि परिवारमा चरम आर्थिक संकट आएको उनी बताउँछन् ।

बिरेन्द्र कुमारले दिनभरी अण्डा बेच्ने काम गरेको र रातको समयमा कठोर अध्ययन गरेको बताएका छन् । कठोर मेहनतपछि निजामती सेवा उत्तिर्ण गर्न पाउँदा खुशी अनुभूति गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !