९ माघ २०८१, बुधबार

कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी,वडा विभाजनमा विवाद

प्रकाशित मिति :  30 June, 2021 12:26 pm


कैलाली । वडा विभाजनमा असहमति जनाउँदै कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ । वडा नम्बर १ वनगाउँवासीले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

नगरपालिकाको हालको वडा नम्बर १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग गरेका छन् । तर, नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वटा वडामा विभाजन गर्ने तयारी सुरु गरेपछि विरोध भएको हो ।

९ वटा वडा रहेको टिकापुर नगरपालिकाले वडा नम्बर १ लाई ५ र वडा नम्बर २ लाई २ वटा वडामा विभाजनको गृहकार्य गरिरहेको छ ।

वनगाउँमा थारु समुदायको बसोबास रहेको र नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाएको स्थानीयवासीको आरोप छ । नगरपालिकाको वडा नम्बर १ मा झण्डै ५० हजार जनसंख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस !