७ आश्विन २०८१, सोमबार

आगामी महाधिवेशनमा उमेद्वारीबारे गगन थापा किन मौन ?

प्रकाशित मिति :  30 June, 2021 2:48 pm


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व दाबीका लागि चहलपहल सुरु भइसकेको छ ।

वर्तमान सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा उमेद्वारी दिने घोषणा गरिसकेका छन् । सभापतिका लागि बिमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. सशाङ्क कोईराला छलफलमा छन् । तर, यसअघि फरक धारको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौला र गगन थापा भने चुपचाप छन् ।

सबै शिर्ष नेतृत्वले आफ्नो दाबेदारी प्रस्तुत गर्दा विगतमा तेस्रो धारको नेतृत्व गर्ने समूह भने चुपचाप देखिन्छ । अघिल्लो महाधिवेशनमा प्रत्यक्ष तर्फको महामन्त्री लडेर चुनाव हारेका गगनपनि मौन जस्तै छन् । थापा निकट स्रोतका अनुसार उनी अहिलेपनि कतै सहमति जुटाउन सकिन्छ कि भनेर छलफलमा छन् ।

उनी निकट स्रोतले भन्यो,“उहाँले अझै ठोस धारणा बनाउनुभएको छैन र छलफलकै क्रममा हुनुहुन्छ ।”

गगनले आउँदो आइतबारसम्म आफ्नो आधिकारिकता धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । थापा निकट एक नेताले भने,“ शनिबारसम्म एउटा निष्कर्षमा पुगेर आउँदो आइतबार उहाँले केही धारणा सार्वजनिक गर्नुहुन्छ होला ।”

गगन यसपटकको महाधिवेशनमा पनि महामन्त्रीको आकांक्षी छन् । पौडेल निकट नेताले भने थापाले आफूहरुसँग समन्वय गरिरहेको दाबी गरे । कोइराला र पौडेल पक्षसँग थापाले समन्वय गरिरहेको ती नेताको दाबी छ । उनले भने,“गगन जी मौन होईन प्रष्ट हुनुहुन्छ अहिले पौडेल र कोईराला पक्षसँग समन्वयमै हुनुहुन्छ । महामन्त्रीमा उहाँको कसरत छ ।”

कांग्रेसले भदौ १६ देखी १९ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ । यसबारे जिज्ञासा राख्दा थापाले भने अहिले केही नबोल्ने बताए । उनले भने,“केही समयपछि आफ्नो धारणा म सार्वजनिक गर्छु, अहिले मेरो कुनै टिप्पणी छैन ।”



प्रतिक्रिया दिनुहोस !