सरकारद्वारा वीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा
प्रकाशित मिति : 30 June, 2021 7:18 pm
काठमाडौं । सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ ।
असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए ।
थापा वि.सं. १९७१ सालमा नेपाल अग्रेज युद्धको समयमा देउथलको किल्लाका सेना नायक थिए । लमजुङ्मा जन्मिएका थापाले देउथलको युद्धमै ७४ वर्षको उमेरमा वीरगति प्राप्त गरेका थिए ।
देउथलको युद्धमा थापा अंग्रेजको तोप लागेर वि.सं. १९७२ साल बैशाख ६ गते वीरगति प्राप्त गरेका थिए ।