चार प्रदेशका कतिपय ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भई एकदुई स्थानमा मेघगर्जन÷ चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ ।
बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोपनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै भनेको छ,“प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”