५ आश्विन २०८१, शनिबार

पाकिस्तानमा टिकटकमाथि पु:न प्रतिबन्ध

प्रकाशित मिति :  1 July, 2021 10:35 am


काठमाडौं । पाकिस्तानको सिन्ध उच्च अदालत (एसएचसी) ले लोकप्रिय भिडियो एप टिकटक माथि प्रतिबन्ध लगाएको छ।  यो नया प्रतिबन्ध गत दुई वर्षभित्र तेस्रो चोटि हो । एसएचसीको बेन्चले “घोषणा र आदेशको सुट” को बहसमा यो आदेश जारी गरेको हो।

निवेदकले संघीय सरकार, पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) र टिकटकलाई उत्तरदाताको रूपमा मनोनित गरेको थियो। यसअघि मार्च ११ मा पेशावर उच्च अदालत (पिएचसी)ले पनि टिकाटकलाई ‘अनैतिक सामग्री’ माथि प्रतिबन्ध लगाउन पीटीएलाई आदेश दिएको थियो। तथापि, पीटीएले टिकाटकको प्रशासनसँग यो मुद्दा फेरि उठाएको कुरा अदालतलाई बताएपछि पीएचसीले अप्रिल १ मा प्रतिबन्ध हटाएको थियो।

पिएचसीले विद्युतीय अपराध निवारण ऐन, २०१६ को प्रावधानलाई ध्यानमा राखी पाकिस्तानका दर्शकले अनैतिक र आपत्तिजनक सामग्री नपाउने निश्चित गर्न पीटीएलाई निर्देशन दिएको थियो ।

अघिल्लो अदालतको आदेशमाथि टिप्पणी गर्दै एसएचसीले प्रतिवादी नं २ का प्रतिनिधिले प्रस्तुत गरेको उजुरीलाई ध्यानमा राखी पीएचसीले टिकाटकमाथि लगाइएको प्रतिबन्ध हटाएको उल्लेख गरेको थियो। जुन पीटीए नै थियो। तर टिकटक र पीटीएले विभिन्न अदालतसामु दिएको निरन्तर काम र आश्वासनलाई कुनै ध्यान दिएनन्।

टिकटकले इस्लामका साथै पाकिस्तानको संस्कृतिको कानुन र आधारभूत आदेशहरूको सम्मान गर्दैन ।  हालै सोसल मिडिया अभियान सुरु भयो जसबाट उनीहरूले ‘एलजीबीटी-प्राइड महीना’ मनाइरहेका छन्।

वकिल असद अशफाक र माज वाहिदले टिभी च्यानलसँग कुरा गर्दै भने विभिन्न निवेदकहरूले पनि यस एपको प्रयोगका कारण अपराध र लागुऔषधको प्रयोग बढेको आरोपलाई ध्यानमा राखी टिकाटकमाथि प्रतिबन्ध लगाउन पाकिस्तानको सर्वोच्च अदालतलाई अघि सारेका छन्।

लाहोर शहरका निवेदकहरूले टिकाटोकले शैक्षिक संस्थाहरूको संस्कृतिलाई पनि हानि पुऱ्याइरहेको र केही प्रयोगकर्ताहरूमा आत्महत्याको कारण पनि भएको दाबी गरेका थिए।



प्रतिक्रिया दिनुहोस !