७ आश्विन २०८१, सोमबार

विप्लवको नेतृत्वमा कपिलवस्तुमा १८ सय बिरुवा रोपियो

प्रकाशित मिति :  1 July, 2021 11:56 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा कपिलवस्तुमा १८ सय बिरुवा रोपिएको छ ।

कपिलवस्तुको शिवगढी क्षेत्र र बन्दै गरेको नेकपाको केन्द्रीय कार्यालय परिसरमा विभिन्न प्रजातिका झण्डै १८ सय विरुवा रोपिएको केन्द्रीय कार्यालय सचिव असलले जानकारी दिएका छन् ।

नेकपाले शिवगढीमा केन्द्रीय कार्यालय निर्माण सुरु गरेको छ । गत फागुनमा खुल्ला भएका विप्लव धेरैजसो समय गृह जिल्ला कपिलवस्तुमै सक्रिय छन् ।

शिवगढीमै नेकपाले जनस्वास्थ्य केन्द्र समेत निर्माण सुरु गरेको छ । महासचिव ‘विप्लव’ले गत वैशाख १ गते शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलन्यास गरेका थिए ।

भवनको शिलन्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी गराएका थिए ।

कार्यालय निर्माण समितिको इन्चार्ज सञ्जिवलाई बनाइएको छ भने अध्यक्ष नन्दलाल पुरी रहेका छन् । शिवगढी क्षेत्र र सोही कार्यालय परिसर वरपर विप्लवको नेतृत्वमा बृक्षारोपण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !