९ माघ २०८१, बुधबार

बाढीका कारण  चितवनको जनजीवन प्रभावित, १७० घरलाई सुरक्षित ठाउँमा सारियो

प्रकाशित मिति :  1 July, 2021 1:22 pm


चितवन । अबिरल वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् ।

इलाका प्रहरी कार्यालय भण्डाराले राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पस्दा कम्तिमा १५० परिवार विस्थापित भएको जनाएको छ ।

उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै बूढी राप्तीमा आएको बाढीका कारण २० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका १०० जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको    छ ।

राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित भएको छ । लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस !