नेपाल राष्ट्र बैंकको फेसबुक पेज बनाएर दुरुपयोग,कारबाही गर्ने चेतावनी
प्रकाशित मिति : 1 July, 2021 1:43 pm
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत रुपमा फेसबुक पेजको प्रयोग भएको उल्लेख गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेज मार्फत नगरिएकोसमेत उल्लेख गरेको छ । बैंकले भनेको छ,“ राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।”
यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारबाही हुने चेतावनी दिँदै बैंकको नाममा खोलिएका फेसबुक पेजहरूमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्न भनेको छ ।