आजसम्म कायम सेयरधनीले नेको इन्स्योरेन्सको लाभाशं पाउने
काठमाडौं । नेको इन्स्योरेन्स गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सम्म कायम सेयर धनीले कम्पनीले घोषणा गरेको लाभाशं लिन पाउनेछन् ।
इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात असार १८ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वरमा कम्पनीले २५ औं र्भचुअल साधारण सभा गर्ने भएको छ ।
सभाले १५.५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै साधारण सभाले जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ।