गण्डकी प्रदेशमा ४४८ जना कोरोना संक्रमित थपिए,८ जनाको मृत्यु
प्रकाशित मिति : 1 July, 2021 5:26 pm
काठमाडौं । गण्डकी प्रदेशमा ४४८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा २२९ जना महिला र २१९ जना पुरुष कोरोना संक्रमित भएका हुन् ।
संक्रमित मध्य कास्कीमा १५३ जना,बागलुङमा ७२ जना, गोरखामा ५४ जना थपिएका छन् ।
त्यस्तै नवलपरासी पूर्वमा ५०, म्याग्दीमा ३६, पर्वतमा २८, स्याङ्जामा ३२ जना, लमजुङ्मा १४, तनहुँमा ८ संक्रमित भेटिएका छन् ।
मुस्ताङ्मा भने कुनै संक्रमित भेटिएका छैनन् । यस्तै कास्कीमा ३, तनहुँमा २,नवलपरासीमा २ र बागलुङ्मा १ जनाको मृत्यु भएको छ ।