५ आश्विन २०८१, शनिबार

कोरोना भाइरस माहामारीको बाबजुद भारतमा लगानी वृद्धि

प्रकाशित मिति :  2 July, 2021 8:17 am


कोरोना भाइरसको दोस्रो लहरले आर्थिक क्षेत्र प्रभावित भएपनि भारतमा लगानी बढिरहेको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरको संकटको बाबजुद पनि नयाँ व्यापारहरुमा लगानी बढिरहेको डाटा रिसर्च योरस्टोरी ले देखाएको छ । यो बर्ष सन् २०२१ जनवरि देखि मे सम्मको लगानी हेर्दा भारतमा लगानी सन्तुलित र सहि दिशामा रहेको बताईएको छ ।

यो बर्षको पहिलो पाँच महिनामा मात्र आठ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको लगानी भएको योरस्टोरी रिसर्चले देखाएको छ । गत बर्ष २०२० को पहिलो छ महिनाको चार अब ८५ करोड अमेरिकी डलर बराबरको लगानी भन्दा यो बर्षको लगानी ८० प्रतिशत धेरै रहेको बताईएको छ ।

कोरोना भाइरस माहामारीले समग्र अर्थतन्त्रमा असर पारेपनि भारतमा वैदेशिक र आन्तरिक लगानीहरु बढीरहेको छ ।



प्रतिक्रिया दिनुहोस !