१३ मंसिर २०८१, बिहिबार

सन्धिखर्क नगरपालिकाद्वारा टोल सुधार समितिका लागि सचेतना अभियान

प्रकाशित मिति :  2 July, 2021 8:52 am


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले टोल सुधार समितिका लागि सचेतना अभियानको सुरुवात गरेको छ ।

नगरबासीको दैनिकी जीवन फोहोर मैलासँग रुमलिएको भन्दै अभियान सुरु गरेको हो । नगरपालिको आयोजना समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूहको सहआयोजनामा तालिम सञ्चालन भएको छ ।

तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख ठाकुरकुमार विकले नगरपालिका हरेक नागरिकले आफ्नो घरबाट उत्पादन भएको फोहोरमैलाको व्यबस्थापनको लागि कुहिने नकुहिने फोहोरको वर्गीकरण अहिले प्राथमिकता बताएको बताए ।

कार्यक्रममा सहभागी नमुना टोल सुधार समितिका उपाध्यक्ष राज कुमार श्रेष्ठले फोहोर मैला व्यवस्थापनको बिषयमा सबै गम्भीर भए सजिलैसँग नियन्त्रण गर्न सकिने बताए । पाणिनीचोक गुन्टेखोला टोल सुधार समितिका सदस्य लक्ष्मण भट्टाराई रामलाल भुसालले संवेदनशील विषयमा जिम्मेबार निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको खण्डमा नगरपालिकामा फोहोर मैला सजिलैसँग हल हुने बताए ।

व्यवस्थापनमा चुनौती थपिएको कारण यसरी फोहोरमैलाको व्यबस्थापनमा सबैले सहकार्य गर्नु अहिलेको अपरिहार्यता भएको स्थानीय डिलाराम आचार्यले बताए । फोहोरमैला व्यबस्थापनको लागि तत्काल कुहिने र नकुहिने बस्तुको छुट्टाछुट्टै बर्गीकरण गरी कम्पोष्ट मल बनाई नगरपालिकले विक्री गनुपर्ने उनको भनाई थियो ।

सन्धिखर्क नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि डम्पिङको समेत निर्माण गरी कुहिने नहुकिने फोहोर व्यव्स्थापनको लागि छुटाछुटै गाडीको समेत व्यवस्था गरेको छ ।

नगरपालिकाले हालै ल्याएको नीति तथा कार्यक्रममा नगरपालिकालाई हराभरा सुन्दर सफा नगरपालिका बनाउनको लागि एक कर्मचारी एक विरुवा,एक जनप्रतिनिधि दुई विरुवा, खाली ठाँउ बृक्षारोषण कार्यक्रमलाई विशेष महत्व दिएको नगरप्रमुख कमलप्रसाद भुसालको भनाई छ । उनले नगर पालिकालाई छिट्टै नै ग्रिन सिटीको रुपमा अगाडि बढाउने बताए ।

कार्यक्रममा प्रशिक्षण दिदै फोहोरमैला विज्ञ प्रशिक्षक श्रीरेन्द्र प्रकाश पोख्रेलले नागरिकले फोहोरमैलाको बर्गीकरण गरी फोहोरको स्रोत पहिचान गर्नु अहिलेको विषय भएतापनि फोहोरमैला व्यबस्थापनको विषयको अभियान समाप्त भईसकेकोले सरसफाईको अभियान चलाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !