४ आश्विन २०८१, शुक्रबार

एचआईडीसीएलको हकप्रद सेयर साउन ५ गतेदेखि निष्काशन

प्रकाशित मिति :  2 July, 2021 1:02 pm


काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउनमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले लगानीकर्तालाई शत प्रतिशत हकप्रद सेयर ५ गते निष्काशन तथा विक्री गर्ने भएको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ११ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । एचआइडीसीएलले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले उक्त हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यस हकप्रद सेयरमा लगानीकर्ताले साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !