१२ मंसिर २०८१, बुधबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ३७ गुणा बढी आवेदन

प्रकाशित मिति :  2 July, 2021 2:19 pm


काठमाण्डौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओमा ३७ गुण बढी आवेदन परेको छ ।
बिक्रीमा ल्याएको आईपीओमा दोस्रो दिन शुक्रबार मध्यान्हसम्म करिब ३७ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तको आइपीओमा ९ लाख ९६ हजार ३३८ आवेदनबाट १ करोड ३३ लाख ४२ हजार २२० कित्ता शेयर खरिदको ३७ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटललले जनाएको छ ।

यो लघुवित्तले सर्बसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताकाको ३६.७२ गुणा बढी हो । लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !