श्री एयरलाइन्सले खोप लगाएका यात्रुलाई भाडामा विषेश छुट दिने
काठमाडौं । सुरक्षित उडानलाई मध्यनजर गर्दै उडान संचालन गरेको श्री एयरलाइन्सले खोप कार्यक्रमलाई प्रोत्साहन गर्न विषेश छुट योजना ल्याएको छ ।
एयरलाइन्सले हिजोदेखि सुरु गरेको उडानलाई थप सुरक्षित तथा सरकारको खोप कार्यक्रमलाई प्रोत्साहन गर्न दुबै खोप लगाएका यात्रुलाई विषेश छुटको व्यवस्था गरिएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए ।
प्रबन्धक मानन्धरका अनुसार एयरलाइन्सले प्रदान गरेको छुट सहितको सहुलियत टिकट वायुसेवाको सम्पूर्ण विक्री कक्षबाट प्राप्त गर्न सकिने छ ।
यात्रुले एयरलाइन्सले सेवा प्रदान गर्ने विमानस्थलहरुबाट प्राथमिकताको आधारमा चेक इन हुँदा मात्रै यो सुविधा प्राप्त गर्ने बताइएको छ ।
उक्त सुविधा प्राप्त गर्नको लागि यात्रुले खोपको दुवै मात्रा लगाएको खोपकार्ड अनिवार्यरुपमा साथमा लैजानुपर्ने पनि मानन्धरले बताए ।
करिब २ महिना लामो निषेधाज्ञापछि हिजोबाट ५० प्रतिशत आन्तरिक उडान संचालनमा संचालनमा आएका छन् ।