७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशकी राज्य मन्त्री शर्माद्वारा राजीनामा

प्रकाशित मिति :  2 July, 2021 2:52 pm


रुपन्देही । लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् ।

यसअघि महन्थ ठाकुरको पक्षमा रहेर सरकारमा सहभागि भएकी शर्माले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिएकी हुन् । उनले जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई समर्थन नगरेको भन्दै राजीनामा दिएको उल्लेख गरेकी छन् । राजीनामा पत्र अनुसार शर्मा उपेन्द्र यादव पक्षमा गएको देखिएको छ ।

उनी भौतिक पूर्वाधार विकास राज्य मन्त्री थिइन् ।



प्रतिक्रिया दिनुहोस !