बनेपा नगरपालिका वडा –४ उग्रचण्डी नालामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने
प्रकाशित मिति : 2 July, 2021 3:36 pm
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा –४ उग्रचण्डी नालामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने भएको छ ।
बनेपा नगरपालिकाले बनेपा नगरपालिका वडा –४ उग्रचण्डी नाला भीमसेन स्थानमा नाला स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने जानकारी गराएको छ ।
उक्त भवन नाला स्वास्थ्य चौकीको नाममा रहेको किता नम्बरहरू क्रमश १८३ (०–१०–०–० ),१८७ (०–३–०–० ),१८८ (०–४–०–०) र १८५ (०–१०–२–० ) क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन )ले २ करोड ४६ लाख ६६ हजार ९ सय ९ रुपैयाँ लागत अनुमान गरेको छ ।