९ माघ २०८१, बुधबार

१७ लाख रुपैयाँ ठगेको आरोपमा काभ्रेका एक व्यक्ति पक्राउ

प्रकाशित मिति :  2 July, 2021 5:23 pm


काठमाडौं । क्यानडा पठाउने भन्दै १७ लाख रुपैयाँ ठगेको आरोपमा काभ्रे पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाटका एक व्यक्ति पक्राउ परेका हुन् ।

हाल काठमाडौंको नयाँबानेश्वर बस्ने वर्ष २१ को प्रजिन अधिकारीले जिल्ला सर्लाही लालबन्दी नगरपाललिका वडा नं. ७, रानीगञ्ज बस्ने वर्ष ३० को यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठादिने भन्दै १७ लाख लिएको प्रहरीको दाबी छ ।

१७ लाख रुपैयाँ लिएर फरार भएपछि बस्नेतले उजुरी गरेकी दिइन् । उजुरीको आधारमा अधिकारीलाई काभ्रेको बनेपा नगरपालिका वडा नं. २ दाहालगाउँबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको जानकारीमा आएको महाशाखाले जनाएको छ ।

थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको भन्दै महाशाखाले सम्पर्क गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !