बिमा समितिले भन्यो,‘तत्काल नयाँ कम्पनीलाई लाइसेन्स दिने कुनै निर्णय भएको छैन’
प्रकाशित मिति : 2 July, 2021 7:15 pm
काठमाडौं । बिमा समितिले तत्काल नयाँ लाइसेन्स दिने निर्णय नगरेको प्रष्ट पारेको छ ।
विभिन्न सञ्चार माध्यममा बिमा समितिले थप जीवन बिमा,निर्जीवन बिमा र लघुबिमा कम्पनीलाई लाइसेन्स दिन लागेको भन्दै आएको समाचारप्रति ध्यानकर्षण भएको जनाएको हो ।
समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्,“ बिमा समितिले कुनैपनि नयाँ जीवन बिमा,निर्जीवन बिमा र लघुबिमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको । यस सम्बनधमा कुनैपनि कामकारबाही समेत नगरेको स्पष्ट पार्न चाहन्छु ।”
विवादमा पार्ने मनसायका साथ यस्ता समाचार सम्प्रेषण गरिएको समितिको दाबी छ ।