९ माघ २०८१, बुधबार

अर्घाखाँचीको ६ वटै स्थानीय तहमा शिक्षकको धर्ना

प्रकाशित मिति :  3 July, 2021 8:34 am


अर्घाखाँची । नेपाल शिक्षक महासंघ अर्घाखाँचीले जिल्लाका ६ वटै स्थानीय तहमा धर्ना दिएको छ । नेपाल शिक्षक महासंघको चौथो चरणको केन्द्रीय कार्यक्रम अनुसार महासंघले हिजो जिल्लाका ६ वटै स्थानीय तहहरूमा धर्ना दिएको हो ।

शिक्षक/कर्मचारीलाई कोभिड बिरुद्धको खोपको प्रवन्ध गर्नुपर्ने, विद्यालय कर्मचारी र बालबिकास शिक्षकको तलव वृद्धि गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, शिक्षामा २० प्रतिशत लगानी गर्नुपर्ने उनीहरूको माग छ ।

शिक्षक सेवालाई संवैधानिक बनाउनुपर्ने, बिगतमा शिक्षक / कर्मचारीसँग गरिएका गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, शिक्षकलाई गरिएका विभेद अन्त्य गर्नुपर्ने लगायतका ३४ सुत्रीय मागहरू राखी धर्ना कार्यक्रम गरीएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मान बहादुर पाण्डेले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकामा गरीएको धर्ना कार्यक्रमपछि बोल्दै शिक्षकका नेताहरूले आफुहरुको मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए । आफ्ना माग पुरा नगरे थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने उनीहरूको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !