५ आश्विन २०८१, शनिबार

मध्यपूर्व बाट हुने तेल निर्यातमा भारतद्धारा कटौती

प्रकाशित मिति :  3 July, 2021 9:51 am


भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै मध्यपूर्व बाट तेल निर्यातमा भारी कटौती गरेको छ । विश्वकै तेस्रो ठुलो तेल निर्यातकर्ता भारतले उर्जा श्रोतहरुमा विविधता खोज्दै मध्यपूर्व बाट तेल निर्यात उल्लेख्य मात्रामा घटाएको छ ।

मध्यपूर्वी मुलुकहरु बाट भारतमा हुने तेल निर्यातको मात्रा विगत २५ महिना यताकै सबैभन्दा कम रहेको बताईएको छ । भारत सरकारले उर्जा सामाग्री निर्यातमा विविधता खोजेको भन्दै तेल प्रशोधनकर्ताहरुले अन्य विकल्प खोजेका हुन् । मध्यपूर्व बाट भारतमा सन् २०१९ अप्रिलमा ६७ दशमलब ९ प्रतिशत भएको तेल निर्यात पछिल्लो समय ५२ दशमलब ७ प्रतिशतमा झरेको छ । भारतको दोस्रो ठुलो तेल आपूर्तिकर्ता साउदी अरब बाट तेल निर्यात गत बर्षभन्दा एक चौथाई कम भएको छ । त्यस्तै, भारतमा तेल आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई हाल सातौँ स्थानमा पुगेको छ ।

पछिल्लो समय, भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय मुलुकहरुबाट तेल निर्यात बढाएका छन् । तेल आपुर्ति सहज बनाउन भारतको आग्रह मध्यपूर्वी मुलुकहरुले बेवास्ता गरेपछि भारत सरकारले कच्चा पदार्थहरु निर्यातको श्रोतमा विविधता ल्याउन प्रशोधनकर्ताहरुलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !