७ आश्विन २०८१, सोमबार

चुरे दोहन नरोके कठोर कदम चल्न बाध्य हुनेछौं : महासचिव विप्लव

प्रकाशित मिति :  3 July, 2021 12:20 pm


अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले चुरे दोहनप्रति आफूहरू गम्भीर भएको बताएका छन् ।

नेकपा अर्घाखाँची जिल्लाका सेक्रेटरी खेम घर्ती कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेट गरी चुरे समस्याबारे जानकारी गराएपछि महासचिव विप्लवले आफ्नो पार्टी यसबारे गम्भीर भएको बताएका हुन् । उनले चुरे दोहन रोक्न स्थानीय सरकार र राज्यले कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्ने चेनावनी समेत दिएका छन् ।

भेटमा महासचिव विप्लवले प्रकृतिबाट निशुल्क उपहारको रुपमा भएका प्राकृतिक सम्पदा चुरे दोेहन, चुनढुङगा,काठको अबैध रुपमा चोरी निकासी गर्नु गलत भएको बताए ।

जनतालाई सिंहदरबारको अधिकारको नाममा स्थानीय तहमा विकास निर्माणमा भएको अनियमितताप्रति चासो प्रकट गदै महासचिव विप्लवले सबै सचेत नागरिक गम्भीर हुनुपर्नेमा जोड दिएको अर्घाखाँची सेक्रेटरी घर्तीले जानकारी दिए ।

पार्टी जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रको सवालमा दृढ रहेको भन्दै उनले जिल्लावासीका समस्याप्रति गम्भीर रहेको उल्लेख गरे ।
महासचिव विप्लवले स्थानीय सरकार र राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम लिेन चेतावनी दिए ।

पछिल्लो समयमा जिल्लामा लोडसेडिङ्ग मुक्त घोषणा भयो भनेर भाषणबाजी र वक्तव्यबाजी गर्दै नेताहरू हिँडेपनि अझै जनता अध्यारोमा रहेको महासचिव विप्लवको भनाई छ ।

भेटमा विप्लवले देशमा कोरोेना र प्राकृतिक विपत्ति तथा पहिरो बाढीले जनतालाई प्रत्यक्ष रुपमा असर गरेतापनि वर्तमान सरकारले कुनै ठोस निकास निकाल्न नसक्दा जनताको जीवनस्तर कठिनाईपूर्ण भएको बताएको घर्तीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !