३ आश्विन २०८१, बिहिबार

पुन: बर्षा र हिमपात हुने सम्भावना

प्रकाशित मिति :  21 January, 2020 1:38 pm


काठमाडौं, ७ माघ । 

पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । “मंगलबार उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ”, मौसमविद् बासीले भनिन् ।

सोमबारदेखिनै तराईमा बाक्लो हुस्सु र पहाडि क्षेत्रमा बादल देखा परेको थियो । घाम नलागेका कारण चिसो पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस !