बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु,१० जना घाइते
कैलाली । बैतडीको सिगास गाउँपालिकामा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । घाइते मध्य ४ जना गम्भीर र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी र ४० वर्षीय गौमती साउद छन् ।
सिगास–३ का २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलबिर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बाशुमती धामी, १९ वर्षीय खगेन्द्रं साउद र ४४ वर्षीय हरीभाम साउद समान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।