नेशनल हाइड्रोपावर बोलायो भर्चुअल साधारण सभा
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २४ औं वार्षिक साधारणसभा यही असार ३१ गते भर्चुअल माध्यामबाट बोलाएको हो ।
कम्पनीले यसअघि गत चैत २७ मा डोकेको वार्षिसाधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित गरेको थियो ।सभाले विशेष प्रस्तावका रुपमा राखिने लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय पारित गर्नेछ।
यसैगरी अन्य हाइड्रोपावर कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
कम्पनीले सभा काठमाण्डौ–१० विनायकनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि गत चैत १३ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गरिसकेको छ ।