मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
ऐजेन्सी । कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
आईतबार बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले हराउदै अर्जेन्टिनाले जित हात पारेको हो।
अर्जेन्टिनालाई जित दिलाउने क्रममा रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक एक गोल गरे ।
अर्जेन्टिनाले गरेको तीनै गोलमा मेस्सीको भूमिका रह्यो । खेलकेो ४० औं मिनेटमा मेस्सीको पासमा रोड्रिगोले बललाई गोल पोस्टको दिशा दिए । मार्टिनेजले ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई २-० को बलियो अवस्थमा पुर्याए । त्यसैगरी खेलको ईन्जुरी समयमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई ३–० को जित दिलाए ।
दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो। अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेडरका हिन्कपीलाई रातो कार्ड पाउदै मैदानबाट बिहिरिए।
अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।
कोलम्बियाले आइतबार नै भएको खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
अर्को सेमिफाइनलमा आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ।