स्वास्थ्य चौकी भवनको शिलन्यास
प्रकाशित मिति : 4 July, 2021 2:52 pm
काठमाडौं । काभ्रेपलाञ्चकको बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला स्थित नाला स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएको छ ।
नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले आज स्वास्थ्य चौकी भवनको आज शिलन्यास गरेका हुन् ।
शिलन्यास कार्यक्रममा उपप्रमुख रेखा दाहाल, वडा ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगायत अन्य वडाका प्रमुखहरू ,वडासदस्यहरू, स्थानीय राजनीतिक दलका प्रमुखहरू , स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय समाजसेवीको सहभागिता थियो ।
राष्ट्रिय पुन :निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)ले स्वास्थ्य चौकी भवनको लागत अनुमान २ करोड ४६ लाख ६६ हजार ९ सय ९ रुपैयाँ आँकलन गरेको छ ।
भवन १५ महिनामा सक्ने लक्ष्य रहेको नगरपालिकाका प्रवक्ता श्यामसुन्दर श्रेष्ठले जानकारी दिए । २ तले भवन ८ कोठाको हुने छ ।