१२ मंसिर २०८१, बुधबार

साताको पहिलो दिन नेप्से ८ अंकले घट्दा कारोबार रकम पनि घट्यो

प्रकाशित मिति :  4 July, 2021 3:47 pm


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।

आइतबार नेप्से ८.४८ अंकले घटेर २८३४.५१ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ०.३३ अंकले घटेर ५२८.४५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

आज कारोबारको आधारमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड ५६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज  कूल २२४ वटा कम्पनीको एक करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !