लायन्स क्लबद्धारा कोभिड पीडित परिवारलाई सहयोग
पोखरा । लायन्स क्लब अफ पोखरा सृजना चौतारीका अध्यक्ष कृष्णबहादुर कार्कीले कोभिड पीडितलाई सहयोग गरेका छन् । क्लबको पद तथा माइन्युट हस्तान्तरण कार्यक्रममा (२०२१ –०२२)का अध्यक्ष कार्कीले कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ घर भई हाल पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने केशव सुवेदीको केहि समय अगाडि कोभिड संक्रमणका कारण मृत्यु् भएको थियो । उनै स्वर्गीय सुवेदीको परिवारलाई अध्यक्ष कार्कीले क्लव मार्फत आर्थिक सहयोग गरेका हुन् ।
सोही कार्यक्रममा अध्यक्ष कार्कीले २५ बुँदे सामाजिक सेवाका आफ्नो भावी कार्ययोजना प्रस्तुत गरे । आफ्नो कार्यकाल अविस्मरणिय बनाउन सबै साथीहरुलाई साथमै लिएर अगाडि बढ्ने उनको प्रतिबद्धता थियो । सेवा मुलक संस्थामा रहेर सामाजिक सेवा गर्ने आफ्नो रुचि क्लब लायन्स क्लब मार्फत गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
लायन्स क्लव अफ ३२५ बि १ नेपालका एफ डब्लु सी संयोजक विना गुरुङको प्रमुखको आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको थियो ।