९ माघ २०८१, बुधबार

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो,२५ जनासम्म भेला भएर कार्यक्रम गर्न पाउने

प्रकाशित मिति :  4 July, 2021 5:43 pm


काठमाडौं । काठमाडौंमा उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो गराउँदै असार ३१ गतेसम्म लम्बाइएको छ ।

अब काठमाडौं उपत्यकामा २२ गतेदेखि सवारी साधानमा जोरबिजोर प्रणाली हटाइएको छ भने २५ जनासम्म भेला भएर कार्यक्रम गर्न पाइने भएको छ । निषेधाज्ञामा,“गोष्ठी तालिम,सेमिनार,बैठक,समीक्षा,प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने ।

भौतिक रुपमा उपस्थित भई गर्नैपर्ने भए बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण परिचालन गर्ने गरी सञ्चालन गर्ने भनिएको छ । ”

यस्तै सार्वजनिक यातायात सञ्चालन गर्दा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने भनिएको छ भने मास्क नलगाउने यात्रुलाई सवारी साधानमा प्रवेश गर्न नलिने आदेशमा भनिएको छ । सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्टाउने गरी प्लास्टिकको छेकबार लगाउने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !