सेञ्चुरी कमर्सियल बैंकका प्रमुख अधिकृत गौतमले दिए राजिनामा
प्रकाशित मिति : 5 July, 2021 1:53 pm
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख अधिकृत तुलसीराम गौतमले राजिनामा दिएका छन् । गौतमले असार २० गते आइतबार (हिजो) अपरान्ह ४ बजे बसेको संचालक समितिको ३४२ औं बैठकमा राजीनामा दिएका हुन् ।
गौतम सेञ्चुरी बैंककको प्रमुख अधिकृतमा २०७५ बैशाख १९ गते नियुक्त भएका थिए ।