आरविवि मर्चेन्टद्वारा डिम्याट खाता नविकरण गर्न आग्रह
प्रकाशित मिति : 5 July, 2021 2:57 pm
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले डिम्याट खाता नविकरण शुल्क असार मसान्त भित्र बुुझाउन अनुरोध गरेको छ ।
आरविवि मर्चेँन्ट बैंकिङ्ग लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा डिम्याट खाता खोलेकाहरुलाई असार मसान्तसम्म नविकरण शुल्क बुझाउन आरविवि मर्चेन्टले सूचना जारी गर्दै अनुरोध गरेको हो ।
मर्चेन्ट बैंकले २०७८ बमोजिम प्रत्येक आर्थिक वर्षमा बुुझाउनुपर्ने शुल्क र यसभन्दा अगाडीको आ वको शुुल्क वापत बुुझाउनुपर्ने रकम रु १०० रहेका डिम्याट खातावालहरुले कम्पनीको केन्द्रीय कार्यालय टेकु, काठमाडौं अथवा आफुलाई प्रायक पर्ने नजिकैको राष्ट्रिय वाणिज्य बैंकमा बुुझाउन आग्रह गरेको छ ।
बैंकले तोकेको समय (असार मसान्त) भित्र नविकरण शुल्क नबुझाएमा उक्त सेवा स्वत बन्द हुने समेत सूचनामा जानकारी गराएको छ ।