९ माघ २०८१, बुधबार

रोल्पामा यी हुन् बाढी पहिरो जानसक्ने सम्भावित ठाउँहरू,सचेत रहन आग्रह

प्रकाशित मिति :  6 July, 2021 7:33 am


रोल्पा । विपद् व्यवस्थापन समितिले रोल्पामा बाढी पहिरो जानसक्ने सम्भावित ठाउँहरूको नाम सर्वाजनिक गर्दै सचेत रहन आग्रह गरेको    छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७८ सार्वजनिक गर्दै विपद व्यवस्थापन समितिले सम्भावित जोखिमको आँकलन तथा तयारीबारे जानकारी गराएको छ ।

बाढीपहिरोको जोखिममा सबैभन्दा धेरै सुनिलस्मृति गाउँपालिकामा देखिएको प्रतिकार्य योजनामा उल्लेख छ ।

सुनिलस्मृति गाउँपालिकाका लुङग्री खोला,माडी खोला,अरेश खोला,जुटुङ खोला,फगामखोला,स्पिाखोला, वडा नं. १ को उर्लिखोला क्षेत्र,वडा नं. २ को हरिगाउँ क्षेत्र,वडा नं ४ को झाँक्रीथान,लिलिबाङ,खास्कीमेला कालीमाटो पहिलो क्षेत्र, वडा नं. ५ को क्वालीगाउँ पहिरो क्षेत्र, वडा नं. ६ को खुमिलगाडा पहिरो क्षेत्र र वडा नं. ७ को पाबाङ,कोवाजा,कैलेपानी ओखाला,पाखापानी,दाङखोला पहिरो क्षेत्रमा जोखिम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सुनछहरी गाउँपालिकाको जैमाकसला,फगाम र गाम, लुङ्ग्री गाउँपालिकाको हार्जङ,किलाचौर,सिर्प र पाङक्षेत्र पनि बाढीपहिरोको जोखिम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै रुन्टीगढी गाउँपालिकाको सखी,डुव्रिङ,त्रिवेणी गाउँपालिकाको गैरीगाउँ,जुगार र बुढागाउँ,माडी गाउँपालिकाको घर्तीगाउँ र भावाङ,थावाङ गाउँपालिकाको उवा,परिवर्तन गाउँपालिकाको इरिवाङ,पाछावाङ,गंगादेव गाउँपालिकाको पाखापानी,राँक र जिनावाङपनि बाढीपहिरोको जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको प्रतिकार्य योजनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !