सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो
काठमाडौं । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा शव परिक्षण भइरहेको चितवन प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै क्यू फेला नपरेता पनि विषेशज्ञ टीमबाट शवको पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।
राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव आइतवार दिउसो मृतावस्थामा फेला परेको थियो ।
उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला थियो । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।