७ आश्विन २०८१, सोमबार

विप्लव नेतृत्व नेकपाका नेता चुडामणि वली ‘आदर्श’सहित १४ जना रिहा

प्रकाशित मिति :  6 July, 2021 4:42 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चुडामणि वली ‘आदर्श’सहित १४ जना रिहा भएका छन् ।

बजुराबाट १४ जना रिहा भएको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिए । न्याय विभाग प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य वालीसहित सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए ।

वरिष्ठ अधिवक्ता भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुंगासहितको बहसपछि सर्वोच्च अदालतले वलीसहित १४ जनालाई रिहा गर्न आदेश दिएको हो ।

२०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेका बेला बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ बाट उनीहरु पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । बरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतको बहसपछि १४ जना छुटेका छन् । भण्डारीले भने, “२ जनाको भएन, १४ जना छुट्नुभयो ।”



प्रतिक्रिया दिनुहोस !