५ आश्विन २०८१, शनिबार

अमेरिकी सेना अफगानिस्तानको बाग्राम हवाई शिविरबाट जाँदा थाहै नदिइ हिँडे

प्रकाशित मिति :  6 July, 2021 6:30 pm


काठमाडौ । अमेरिकी सेना अफगानिस्तानस्थित बाग्राम हवाई शिविर थाहै नदिइ छोडी हिँडको त्यहाँको नयाँ कमाान्डरले जनाएका छन् ।

असादुल्लाह कोहिस्तानीले शुक्रबार स्थानीय समय ३ बजे बाग्राम हवाई शिविर थाहा नदिई छोडी हिँडेको बताए ।

त्यहाँ एक जेल र त्यहाँ पाँच हजार जना कैदी रहेको खाली शिविर केही घन्टा पछि नियन्त्रणमा अफगानी सेनाले लिन सकेको उनले बताए ।

अमेरिकी सेना अफगानिस्तानबाट जसरी जसरी हिँडन थालेको छ त्यतित्यति त्यहाँको विद्रोही समूह तलिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ ।

अमेरिकी सेना र अफगानी सेना बिचको अन्तर धेरै ठूलो रहेको भएपनि हामी हाम्रो बुताले भ्याएसम्म सुरक्षा गर्ने प्रयास गरिरहेको कोहिस्तानीले जनाए ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेप्टेम्बर ११ अघि अमेरिकी सेना फर्काउने बताइसकेका छन् । यसै क्रममा अमेरिकी सेना फर्किन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !