३ आश्विन २०८१, बिहिबार

अमेरिका विश्वकै नं १ अर्थतन्त्रमा कायम, नेपाल ९७ औं स्थानमा

प्रकाशित मिति :  7 July, 2021 1:27 pm


काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मापन गरिने अर्थतन्त्रको आकारका आधारमा अमेरिका नै विश्वकै ठूलो अर्थतन्त्रमा कायम भएको छ । विश्व बैंकले सार्वजनिक गरेको सन् २०२०को अद्यावधिक तथ्याकंअनुसार अमेरिकी अर्थतन्त्रको कुल आकार २०९ खर्ब ३६ अर्ब अमेरिकी डलर बराबर छ ।

अघिल्लो वर्षभन्दा अमेरिकी अर्थतन्त्रको आकार खुम्चिएको हो । सन् २०१९ मा अमेरिकी अर्थतन्त्रको आकार २१४ खर्ब ३० अर्ब अमेरिकी डलरबराबर थियो ।

बैंकका अनुसार कुल १४७ खर्ब २ अर्ब अमेरिकी डलरको जीडीपीको आकारसहित चीन दोस्रो स्थानमा कायम छ भने जापान र जर्मनी पनि क्रमसः ५० खर्ब ६४ अर्ब र ३८ खर्ब ६ अर्ब अमेरिकी डलरको आकारसहित क्रमसः तेस्रो र चौथो स्थानमा कामय नै छन् ।

भारत भने अर्थतन्त्रको आकारमा लगातार तल खस्केर छैठौं स्थानमा झरेको छ । सन् २०२०मा भारतलाई बेलायतको अर्थतन्त्रले उछिनेर पाँचौ‍ं स्थानमा कायम भएको छ । सन् २०१९ मा २ खर्ब ८७ अर्ब डलरको अर्थतन्त्रका रुपमा रहेको भारतीय अर्थतन्त्रको आकार २ खर्ब ६२ अर्ब डलरमा झरेपछि पाँचौंबाट तल झरेको हो ।

नेपाल ९६ औं स्थानमा

विश्व  बैंकको यो सूचीमा नेपाल कुल ३३ अर्ब ६५ करोड अमेरिकी डलरको आकारसहित विश्वका ९७ औं ठूलो अर्थतन्त्रमा पुगेको छ । सन् २०१९ मा नेपाल ३० अर्ब ६४ करोड अमेरिकी डलरको आकारसहित १०२ औं स्थानमा थियो । जीडीपीको आकारमा विश्वका ११० वटा देश नेपालभन्दा सानो देखिएका छन् भने ११ वटा देशको तथ्यांक बैंकको गणनामा समावेश गरिएको छैन ।



प्रतिक्रिया दिनुहोस !