८ मंसिर २०८१, शनिबार

जीवन विकास लघुवित्तको आइपीओको नतिजा ४ बजे पछि मात्रै हेर्न मिल्ने

प्रकाशित मिति :  7 July, 2021 2:23 pm


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओको नतिजा ४ बजेपछि मात्रै हेर्न सकिनेछ । बुधबार बिहानै बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही घण्टा कुर्नुपर्ने भएको छ ।

आज विहान साढे ९ बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड सम्पन्न भएको थियो ।
क्यापिटलका कर्मचारी सुजाता पोख्रेलका अनुसार आज अपरान्ह ४ बजेपछि मात्रै आइपीओको नतिजा सर्वसाधारणले हेर्न सक्ने बताइन् । उनले भनिन् “विहानदेखि डाटा अपलोडको काम भइरहेको छ धेरै आवेदन परेकोले डाटा अपलोड गर्न समय लाग्ने हुनाले ४ बजेसम्ममा नतिजा हेर्न सकिन्छ ।”

क्यापिटलका अनुसार मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । ग्रोलाप्रथाबाट आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाए । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ ।

आईपीओको नतिजा विभिन्न ४ ठाउँबाट हेर्न सकिन्छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट, एनएमबि क्यापिटल लिमिटेडको वेभसाइट https://www.nmbcl.com.np सिडीएसले आईपीओको नतिजा हेर्न सञ्चालन गरेको वेभसाइट https://iporesult.cdsc.com.np/ मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए।



प्रतिक्रिया दिनुहोस !