७ आश्विन २०८१, सोमबार

माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरूद्वारा आयोगमा निवेदन दर्ता

प्रकाशित मिति :  7 July, 2021 2:50 pm


काठमाडौं । एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरुले निवेदन दर्ता गराएका हुन् ।

थापाले आफूहरुले निवेदन दर्ता गराएको थापाले बताए । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसहितका नेता नेकपा एमालेमा प्रवेश गरेका थिए ।

केन्द्रीय नेता २३ जनाछन् भने देशभर झण्डै २ सयको संख्यामा विभिन्न तहका नेता एमालेको प्रवेशमा गरेको अनुमान छ । माओवादी केन्द्र अवैधानिक रुपमा चलिरहेको र ९ वर्षदेखि महाधिवेशन नगरेकाकाले दल खारेजीको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !