नेप्से १६.९७ अंकले घट्दा कारोबार रकम ४ अर्बमै सीमित
काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) साताको चौथो कारोबार दिन बुधबार आज दोस्रो अंकले घटेको छ ।बुधबार नेप्से परीसूचक १६.९७ अंकले घटेर २ हजार ८०१ विन्दूमा भन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.५० अंकले घटेर ५२५.२५ विन्दुमा बन्द भएको छ ।
आज कूल १३ ओटा उपसमूहमध्ये २ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका ११ ओटा उपसमूहको परिसूचक घटेको छ ।
नेप्सेका अनुसार आज एउटा कम्पनीको सेयरमूल्यमा बृद्धि भएको छ । सेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको सेयरमूल्य करिब ४ प्रतिशतले बढेको हो ।
त्यस्तै, आज अप्पर तामाकोशी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य करिब ६ प्रतिशतले घटेको हो ।
आज कारोबारको आधारमा छिमेक लघुवित्त बिकास बैंक लिमिटेडले अग्रस्थान ओगटेको छ । कम्पनीको ४३ करोड ३५ लाख रुपैयाँको सेयर खरिद विक्री भएको हो ।
नेप्सेमा आज कूल २२२ ओटा कम्पनीको १ करोड १६ लाख ६४ हजार कित्ता सेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँमा खरिद विक्री भएको नेप्सेले जनाएको छ ।