९ माघ २०८१, बुधबार

शिक्षामन्त्री श्रेष्ठलाई जातीय विभेद मुद्दामा लिखत जवाफ पेश गर्न आदेश

प्रकाशित मिति :  7 July, 2021 4:47 pm


काठमाडौ । सर्वोच्च अदालतले शिक्षामन्त्रीलाई लिखित जवाफ लिएर अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

सञ्चारकर्मी रुपा सुनारले मन्त्री विरूद्ध जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेको विषयमा रिट दायर गरेकी थिइन् ।

यस विषयमा मन्त्री श्रेष्ठविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी दिँदा लिन नमानेपछि रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

यो मुद्दामा सर्वोच्चले मन्त्री श्रेष्ठसहितका विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।

यो विषयलाई महत्वपूर्ण मानेर यसको टुङ्गो लगाउन अग्राधिकार दिन अदेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस !