मैलुङ खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति
प्रकाशित मिति : 7 July, 2021 5:31 pm
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मैलुङ खोला जलविद्युत् आयोजनालाई प्राथमिक सेयर आईपीओ निष्काशनको अनुमति दिएको छ ।
बोर्डका सहप्रवक्त रुपेश केसीका अनुसार आज मात्रै उक्त आयोजनालाई आइपीओ निष्काशनको अनुमति प्रदान गरिएको हो ।
कम्पनीले २०७४ माघ १८ गते आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो ।कम्पनीले बोर्डमा ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासनको लागि अनुमति मागेको प्रवक्ता केसीले बताए ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा यसले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ । उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।