५ आश्विन २०८१, शनिबार

पेन्टागनले माइक्रोसफ्टको ठेक्का खारेज गरेपछि जेफ बिजोसको सम्पत्ति २११ अर्ब अमेरिकी डलर माथि

प्रकाशित मिति :  7 July, 2021 5:42 pm


काठमाडौ । अमेरिकाको रक्षामन्त्रालय पेन्टागनले माइक्रोसफ्टलाई दिइएको विवादित क्लाउड कम्प्युटिङ ठेक्का खारेज गरेको समाचारले अमेजनका मालिक जेफ बिजोसको सम्पत्ति २ खर्ब ११ अर्ब अमेरिकी डलर नाघेकाो छ ।

अमेजनको सेयर मूल्यमा ४.७ प्रतिशतले वृद्धि हुँदा बिजोसको खुद सम्पत्तिमा ८.४ अर्ब अमेरिकी डलरको वृद्धि भएको हो ।

बिजोसले औपचारिकरूपमा अमेजनको प्रमुख कार्यकारीबाट हटिसकेका छन् । कम्पनीमा उनको सम्पत्तिमा १०.३ प्रतिशत रहेको छ । अब त्यसले गर्दा उनको सम्पत्तिको मूल्य २ खर्ब ११ अर्ब अमेरिकी डलर नाघेको हो ।

यसअघि २ खर्ब १० अर्ब अमेरिकी डलर बराबरकाो सम्पत्ति जनवरीमा टेस्लाका प्रमुख कार्यकारी एलन मस्कको बढेर भएको थियो । तर उनको सम्पत्तिमा गिरावट भइ १ खर्ब ८१ अर्ब अमेरिकी डलर बराबरमा झरेको हो ।

एलन मस्कलाई दोस्रो ठूलो अर्बपतिको स्थानमा कायम गरेको हाृ भने तेस्रो बिलासी वस्तुको व्यापारी बेर्नाड अर्नाल्टको सम्पत्ति १ खर्ब ६८ अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको छ ।

पेन्टागनले मंगलबार माइक्रोसफ्टलाई २०१९मा दिएको क्लाउड कम्प्युटिङको ठेक्का खारिज गरेकाो जनाएको थियो ।

अमेजनले माइक्रोसफ्टलाई दिएको क्लाउड कम्प्युटिङ ठेक्का विरूद्ध मुद्दा हालेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !